लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो।
पूर्वी रुकुमको तकसेरा निवासी पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो।
दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि मात्रै उनलाई थपचारको लागि काठमाडौँ ल्याइएको थियो।
पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा बनेकी थिइन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline