नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक टेबुल

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक टेबुल

  • शुक्रबार, भदौ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ, १३ भदौः प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ । सभामुखको आशनमा रहनुभएका उपसभामुख इन्दिरा रानामगरले राख्नुभएको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो ।

यसअघि सो समितिको सभापति रहनुभएका ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहनुभएका खतिवडाले राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ