मलाई नै चूनौती दिन खाज्ने बिद्या भण्डरीलाई सफल हुन दिईदैन, ईश्पर पोखरेलमाथि पनि खनिए ओली

मलाई नै चूनौती दिन खाज्ने बिद्या भण्डरीलाई सफल हुन दिईदैन, ईश्पर पोखरेलमाथि पनि खनिए ओली

  • बिहिबार, भदौ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले भित्र आफूलाई चुनौती दिने बिद्या भण्डारी बाहेक कसैसँग पनि दम नभएको जिकिर गरेका छन् ।

बुधबार साँझ बालुवाटारमा भेटेर काठमाडौँ लगायतका विधान महाधिवेशन प्रतिनिधिहरूसँग कुरा गर्दै ओलीले आफूलाई चुनौती दिन खोज्ने बिद्या भण्डारीलाई सफल हुन नदिने चेतावनी पनि दिए ।

साथै उनले फरक मत ल्याउनेको पनि हिशाब किताब राख्ने भन्दै भण्डारीको पक्षमा लागेका ईश्वर पोखरेल सहितका नेताहरुलाई चेतावनी दिएका छन् । ओलीले नै भण्डारीको सदस्यता समेत नबीकरण हुन दिएका छैनन् ।
त्यस क्रममा उनले नेता ईश्वर पोखरेलले बाटो बिराउन खोजेको भन्दै बाटो बिराएर कहीँ नपुगिने जिकिर गरेका छन् ।

पोखरेल बिद्या भण्डारीको पक्षमा खुल्दै आएका छन् ।

नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले ओलीको ब्रिफिङलाई बुँदागत रूपमा सामाजिक सञ्जालमा राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ