उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय

उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय

  • मङ्लबार, भदौ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

नवलपरासी, १० भदौ
बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार वडाभित्र स्थायी ठेगाना भई हाल शिक्षण संस्थामा कक्षा ११, १२ र स्नातक तह अध्ययन गर्दै आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको पाल्हीनन्दन गाउँपालिका–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताउनुभयो ।

उहाँका अनुसार भैरहवा बहुमुखी क्याम्पस, मायादेवी टेक्निकल, पाल्ही बहुमुखी क्याम्पस, जनता मावि, रुपन्देही लीलाराम न्यौपाने मावि, पवन मावि, राजनारायण मावि, आदर्श मावि, दिव्यज्योति बहुमुखी क्याम्पस, साकुरा मेमोरियल, हुप्सेकोट प्राविधिक शिक्षालय, एभरेष्ट मावि बुटवल, शिक्षण संस्थाले विद्यालयमा भर्ना भई अध्ययन गरिरहेको सिफारिसका आधारमा विद्यार्थीको बैंक खातामा छात्रवृत्ति रकम निकासा गरिएको छ ।

वडा कार्यालयले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शिक्षा नीति निर्माण गरी एक जना विद्यार्थीलाई १० हजार रुपैयाँका दरले ३० जना विद्यार्थीलाई रु तीन लाख छात्रवृत्ति दिँदै आएको वडाध्यक्ष सहानीले जानकारी दिनुभयो ।

वडा कार्यालयले छात्रवृत्तिलाई निरन्तरता दिएको पाल्ही बहुमुखी क्याम्पसका प्रमुख दीपक आर्यालले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ अध्ययनपश्चात रोजगारीका लागि विद्यार्थीहरू जिल्ला बाहिर थालेपछि वडाले स्नातक तह अध्ययनका लागि छात्रवृत्ति दिन थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी