साउन ३० काठमाण्डौँ । रास्वपाका पूर्व केन्द्रीय सदस्य मोहन थापालाई अमेरीकाले डिपोर्ट गरेको छ ।
अमेरिकामा बसेर विभिन्न आपराधिक गतिविधि गरेको आरोपमा उनलाई अमेरिकाले डिपोर्ट गरेको हो। उनी रवि लामिछाने निकट मानिन्छन् ।
पाँच महिनासम्म अमेरिकी अध्यागमन र भन्सार प्रवर्द्धन (आईसीई) को हिरासतमा बसेका थापा यही साउन २२ गते राति काठमाडौँ उत्रिएका हुन्।
उनलाई अमेरिकास्थित ‘इमिग्रेसन जज’ले नेपाल डिपोर्ट गर्ने निर्णय गरेको हो।
अमेरिकाबाट डिपोर्ट भएका थापालाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पुरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो।
थापाको पुर्ख्यौली घर म्याग्दी हो। उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर यसअघि अमेरिकामा जेलसमेत बसेका थिए। उनको ग्रिन कार्ड समेत अमेरीकाले रद्ध गरिदिएको छ ।