साउन ४ काठमाण्डौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आज काठमाडौँबाट पक्राउ गरिएको हो।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। तर, अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
काठमाडौँ प्रहरीले अहिराजलाई कानुनी कारबाहीका लागि अदालतबाट यसअघि नै पक्राउ पुर्जी लिएको थियो। उजुरी परेको लामो समयदेखि प्रहरीले उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
घटना २०८१ जेठ ४ गतेको भएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ। पुर्जी जारी भएको थाहा पाएपछि अहिराज फरार थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline