असार ३० काठमाण्डौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बारम्बार भन्ने गर्छन् म भ्रष्टाचारीको अनुहारै हेर्दिन । तर उनैले नियुक्त गरेका उनकै पार्टीका सामान्य प्रशासन मन्त्री अहिले बदनाम भईरहेका छन् घुस डिल प्रकरणले ।
एक व्यक्तिसँग उनको डिल पैसादेखि रक्सी सम्म भएको सुनिन्छ ।
अहिले संसदमा माओवादी र रास्वपा लगायतका दलले छानविन र कार्बाहीको दबाब बढाईरहेका छन् । भाईरल भईरहेको यो ९ मिनेट बढीको अडियो पछि मन्त्री कतै सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् ।
तर प्रधानमन्त्री ओली झापामा बसेर मौनता साँधीरहेका छन् । उनले ७६ सालमा यस्तै प्रकरणमा गोकुल बास्कोटालाई सञ्चार मन्त्रीबाट राजीनामा गराएका थिए ।
तर यसपाली उनी मौन छन् । एमालेका शीर्ष नेताहरु पनि मौन छन् ।
संभवत प्रधानमन्त्रीले काठमाण्डौँ फर्किएपछि यस बिषयमा छलफल गरेर निर्णय लिने अपेक्षा गरिएको छ ।
सुसासनको चर्को भाषण गर्दै गर्दा यतिको प्रश्न उठेपछि मन्त्री गुप्तालाई बर्खास्त गर्नु वा राजीनामा गराउन दबाब बढीरहेका बेला प्रधानमन्त्रीले के निर्णय गर्ने हुन् त्यो हेर्न बाँकी छ ।