असार २७ काठमाण्डौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई अबदेखि पूर्व राजालाई श्री पाँच नलेख्ने शर्तमा प्रहरीले छाडिदिएको छ । यो कागजसँगै उनी हिरासत बस्नबाट जोगिएका छन् ।
पूर्वराजालाई ुश्री ५ महाराजाधिराजु भन्दै विज्ञप्ति निकालेको, सामाजिक सञ्जालमा लेखेको लगायतका विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो।
साँझ पौने ८ बजे कागज गरेर आयन्दा यसखाले गल्ती नगर्ने वाचा गराएर उनलाई परिवारको जिम्मा लगाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले नेपालखबरलाई बताए।
ज्ञानेन्द्र शाहलाई अबदेखि श्री ५ महाराजाधिराज नभन्ने, महाराजाधिराज भनेर फेसबुकमा भएका पोस्ट हटाउने, आईन्दा पोस्ट पनि नगर्ने, विज्ञप्ति निकाल्दा पनि यी कुरा उल्लेख नगर्ने कागज गराएर उनलाई परिवारको जिम्मा लगाइएको बोहराको भनाइ छ।
पाठकले शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजाधिराज’ भनी सम्बोधन गर्दै विभिन्न विज्ञप्ति र पोस्टहरू सार्वजनिक गर्ने गरेका थिए।
यह