संवैधानिक ईजलासको बहुमतद्धारा ५२ जना पदाधीकारीको नियुक्ति सदर, प्रधानन्यायधीश अल्पमतमा

संवैधानिक ईजलासको बहुमतद्धारा ५२ जना पदाधीकारीको नियुक्ति सदर, प्रधानन्यायधीश अल्पमतमा

  • बिहिबार, असार १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ असार १९ । सर्वोच्च अदालतको मध्यरातको फैसलाले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ ।

पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए ।

सरकारले अध्यादेशमार्फत कानुनमा संशोधन गरी संवैधानिक परिषद्‌को अभ्यासविपरीत बहुमतले निर्णय गरी २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्त गरेकी थिइन्।े

यो फैसलाले ओली सरकारलाई राहत दिएको छ । प्रधानन्यायधीश नै अल्पमतमा परेर यो फैसला मध्यरातमा सुनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी