नेकपा (एमाले) का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ।
पछिल्लो समय अख्तियारले पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व मन्त्री एवं काँग्रेस नेता मोहन बहादुर बस्नेत, सुदुरपश्चिमका पूर्व मुख्यमन्त्री लगायतका बिरुद्ध मुद्धा धमाधम चलाईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline