अख्तियारद्धारा पूर्व प्रधानमन्त्री माधव नेपाल बिरुद्ध मुद्धा दायर, सांसद पद स्वतः निलम्बन

अख्तियारद्धारा पूर्व प्रधानमन्त्री माधव नेपाल बिरुद्ध मुद्धा दायर, सांसद पद स्वतः निलम्बन

  • बिहिबार, जेष्ठ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

अख्तियार अनुसन्धान आयोगले इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको र त्यसमा पूर्वप्रधानमन्त्री नेपालले सहयोग गरेको पाइएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको संसद पद स्वत निलम्बित भएको छ ।

२०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म उनी प्रधानमन्त्री भएका थिए। तत्कालीन अवस्थामा उनी काठमाडौँ र रौतहट गरी दुईवटा निर्वाचन क्षेत्रबाट पराजित भए पनि मन्त्रिपरिषद्बाट मनोनयन हुने कोटामा संविधान सभा सदस्य भएका थिए ।

२०७९ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाल अब सांसद पदबाटै निलम्बनमा परेका हुन् ।

उनीसँगै अहिले सम्म रवि लामिछाने सहकारी ठगी प्रकरणमा, एमालेका तात्कालिन सचिव टोप बहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा , काँग्रेसका मोहन बहादुर कस्नेत टेरामेक्स प्रकरणमा र राप्रपाकी गीता बस्नेत सहकारी ठगी प्रकरणमा निलम्बनमा परीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी