माओवादी मधेश प्रदेशसंसदीय दलका नेता साहले दिए राजीनामा

माओवादी मधेश प्रदेशसंसदीय दलका नेता साहले दिए राजीनामा

  • मङ्लबार, जेष्ठ २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। नेता साहले सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।

झन्डै एक वर्षदेखि माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले नेता साहको राजीनामा माग गर्दै आएका थिए ।

विवाद मिलाउन पार्टी अध्यक्ष प्रचण्ड स्वयंले पहल गरेका थिए । विवाद नमिलेपछि अध्यक्ष प्रचण्डले नै नेता साहलाई राजीनामा दिन निर्देशन दिएको माओवादीका एक प्रदेश सांसदले बताए ।

उनीमाथि पार्टीका सांसदहरु कुरा नसुन्ने, पार्टीलाई आघात पुग्ने काम गरेको तथा अर्थमन्त्री हुँदा बजेटमा चलखेल गरेको आरोप छ । मधेस प्रदेशमा माओवादीका नौ जना सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ