प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अवरोध हटाउनेबारे प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खोजे पनि उनी फेला नपरेको बताएका छन्।
एमाले संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै उनले प्रचण्ड संवादमै आउन नचाहेको बताए ।
‘भोली संसद खुलाउन छलफल गर्न खोजिए पनि बिपक्षीहरु संवाद नगर्ने तिर लागेको ओलीको भनाई छ ।
‘केही काम नपाएर बिपक्षीले गृहमन्त्रीको राजीनामा मागेको भन्दै उनले संसद अवरोध गरेर विकासको गति रोक्ने, जनप्रतिनिधिलाई भूमिका विहीन बनाउने जस्ता काम नगर्न आग्रह गरे ।
उनले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिने गरी कुनै तथ्य प्रमाण फेला नपरेको दावी गरे ।
उनले पार्टीका सांसदहरूलाई मानसिकरूपमा तयार भएर बस्न पनि भने। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले उनको राजीनामा माग गर्दै आएका छन्।
जेठ १५ गते संवैधानिक बाध्यताका कारण बजेट प्रस्तुत गर्न दिए पनि मंगलबारदेखिको छलफल रोक्ने तयारीमा छन् ।