राजावादीहरु छाडा भईरहेका छन्, यो गणतन्त्र सिंगो नेपाली जनताको हो : प्रचण्ड

राजावादीहरु छाडा भईरहेका छन्, यो गणतन्त्र सिंगो नेपाली जनताको हो : प्रचण्ड

  • आइतवार, जेष्ठ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

जेठ १८ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीहरुले छाडा तरीकाले बितण्डा मच्चाईरहेको टिप्पणी गरेका छन् ।

प्रज्ञा भवनमा वाईसिएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै गणतन्त्र माओवादीको नभई सिंगो नेपाली जनताको भएको भन्दै यसलाई रक्षा गर्न सबै लागि पर्नु पर्ने बताए ।

राजाहरुले के के गरे, कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने थाहा नभएका भर्खरका युवाहरुलाई थाहा नभएको भन्दै मुर्ति चोरेर बेच्ने को हो ? मुर्ति चोर्ने को हो ? भनेर जनतालाई फेरी बुझाउनु पर्ने समय आएको बताए ।

निरकुश राजतन्त्रको कालमा भन्दा भौतिक पुर्वाधार, श्वास्थ्यको क्षेत्र जस्ता समग्रमा नेपालमा गणतन्त्र आएपछि विकास तीव्र हुँदै गरेको उनको भनाई छ ।

राजावादीले प्रचण्डको या माओवादीको गणतन्त्र भनेर भ्रम फैलाईरहेको भन्दै यो जनताको गणतन्त्रको रक्षाका लागि प्रतिवाद गर्नु पर्ने उनले बताए ।

पछिल्लो समय एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काठमाण्डौँ नियन्त्रणमा लिने भनी दिएको अभिव्यक्तिले एमालेको अन्तराष्ट्रिय बेईजत भएको उनको टिप्पणी छ ।

उनले वाईसिएललाई पार्टीले यथास्थिति तोडेर जनतामा फर्कन गरेको निर्णयलाई आत्मसाथ गरेर अघि बढ्न निर्देशन दिए ।

अब शहीद, वेपत्ता, घाईते अपांग र ६४ सालमा मत दिने जनताको घर घरमा पुगेर आत्मालोचना गर्दै सिंगो पार्टीलाई जनतामा फर्काएर समाजवादी क्रान्तिको आधार तयार पार्न लाग्नु पर्ने प्रचण्डको भनाई छ ।

अहिले नेपाली जनतामा माओवादीप्रति जनतामा ठूलो आशा र भरोसा जागेको भन्दै युवा, बालबालिका, बृद्ध बृद्धा सबै पार्टीसँग जोडिने स्थिति बनेको चित्र आफूले देखेको उनको दाबी छ ।

वाईसिएलले अब समाजवादी क्रान्तिको निम्ती क्रान्तिकारी युवाहरुले खेल्नु पर्ने युवाहरुको पक्ति तयार पार्नु पर्ने उनले बताए ।

प्रतिकृयावादीहरुसँग सहकार्य गर्दा गर्दै पार्टी पक्ति पनि विचलित हुने र बिग्रिने स्थिति आएको भन्दै उनले समग्रमा यसलाई तोडेर आन्दोलनलाई नयाँ ठाँउमा लैजाने संकल्प पार्टीले लिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ