जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको छ : अध्यक्ष शाह

जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको छ : अध्यक्ष शाह

  • बिहिबार, जेष्ठ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बाँके १५ जेष्ठ । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको जिकिर गर्नुभयो ।
ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका दृढ रहेको अध्यक्ष शाहले उल्लेख गर्नुभयो । उहाले ‘लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने बताउदै उहाँले भन्नुभयो, ‘गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन ।,’ उहाँले भन्नुभयो ‘हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ ।’
पालिका स्तरमा नै जनतालाई गणतन्त्र आएको अनुभुति गर्ने गरी काम गरिरहेको बताउदै उहाँले गणतन्त्रले नरैनापुरको मुहार फेरिएको जिकिर गर्नुभयो ।

यस्तै कार्यक्रममा सहायक प्रशासकीय अधिकृत भरत महतोले गणतन्त्र दिवसको शुभकामना दिदैं जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी र निष्ठाका साथ क्रियाशील रहेको बताउनु भयो ।

कार्यक्रममा बडा नं १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का वडा अध्यक्ष अजय मौर्य , इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरिक्षक सुशील केसी, महिला शाखा प्रमुख कृष्णा चन्द्र, क्राते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, राजेश्व शाखा प्रमुख मुक्दर अलि मुकेरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा ४ जना कराते खेलाडीहरुलाई ब्ल्याक बेल्टबाट सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ