गणतन्त्र स्थापनाको १७ वर्ष पूरा, देशले के पायो ?

गणतन्त्र स्थापनाको १७ वर्ष पूरा, देशले के पायो ?

  • बिहिबार, जेष्ठ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

आज गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । २३८ वर्ष लामो शासन गरेको शाह बंशीय राजतन्त्रलाई आजकै दिन २०६५ साल जेठ १५ गते संविधान सभाको बैठकले विधिवत रुपमा अन्त्य गरी गणतन्त्र प्रारम्भ भएको घोषणा गरेको थियो ।

१० वर्ष लामो माओवादी जनयुद्ध र ६२÷६३ सालको जनआन्दोलनको बलमा ६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको निर्वाचनले बनाएको संविधान सभाले गणतन्त्र कार्यन्वयनमा ल्याउने घोषणा गर्यो ।

१७ हजार बढी मानिसको ज्यान गएको जनयुद्धको मुख्य उपलव्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता हो भन्ने गणतन्त्रको मुख्य आधार निर्माण गर्ने माओवादी अध्यक्ष प्रचण्डको भनाई छ ।

गणतन्त्रको घोषणाले जनतामा जुन उत्साह र जोश भरेको थियो । तर यो १७ वर्षमा जनतामा आशा भन्दा बढी निराशा बढेको देखिएको छ ।

देशमा उल्लेख्य आर्थिक प्रगति गर्न नसक्नु, युवाहरुले रोजगारी प्राप्त गर्न नसक्नु , जीवनस्तरमा सुधार आए पनि त्यसलाई धान्ने आर्थिक हैसियत बन्न नसक्नुले युवाहरुमा निराशा बढेको देखिन्छ । यसै अवधिमा बैदेशिक रोजगारीमा जानेको संख्या व्यापक बृद्धि भयो । श्वास्थ्य र शिक्षामा पहुँच त भयो तर सहज रुपले उपचार पाउने स्थिति अझै छैन आर्थिक कारणले ।

अर्कोतिर वितेको १७ वर्षमा १४ वटा सरकार बन्यो । यसले एउटा सरकारको औसत आयु एक बर्ष प्लस भन्दा बढी देखिएन । यो बहुदलपछि काँग्रेस र एमालेले अभ्यास गरेको सरकार ढाल्ने बनाउने खेलको प्रवृतिकै पुनरावृतिको रुपमा हेरिएको छ ।

त्यसै गरी विगतै पुरानै अनुहारहरु र त्यसमा पनि विभिन्न काण्डमा मुछिएका अनुहारहरुलाई नै जनताले मन्त्रीका रुपमा हेरिरहनु पर्ने कुराले आजको पुस्ता दिक्क बनेको देखिन्छ ।

हिजो जस्तो सहज छैन आज विज्ञान र प्रविधिको विकासले मानव स्वभावमा आएको परिवर्तनलाई राज्ले बुझ्न जरुरी छ । साना साना कुरा र व्यवहारहरु पनि शासकहरुको जनताले निगरानी गरीरहेका हुन्छन् । त्यसैले सत्तामा रहेकाहरु असल चरित्र र दुुरदर्शी योजनाकारहरु बन्नु जरुरी छ ।

आज गणतन्त्र दिवसकै दिन यो गणतन्त्र फाल्न र फेरी शाह बंशीय राजसंस्था पुनस्थापना गर्न भन्दै राजावादी शक्तिहरु आन्दोलन गर्न लागिरहेका छन् ।

अनि यही गणतन्त्र जोगाउन भन्दै सत्तामा रहेका वा विपक्षमा रहेका दलहरु आम सभा र भाषण गर्दै हिँड्नु परेको छ ।

यति बाटो बन्यो, यति प्रतिशत बिजुली पुग्यो, गाँउमा गाडी कुद्यो । यही मात्र हैन विकासको पर्याय , हाम्रो तहस नहस हुँदै गरेको शिक्षा प्रणाली, सुक्दै गएका पुराना विश्व विद्यालयहरु हेर्नुस्, रित्तिदै गरेका गाँउहरु हेर्नुस्, पछिल्लो तथ्यांक अनुसार देशको कुल जनसंख्याको ७ प्रतिशत बढी अर्थात करीब २१ लाख मानिसले यो देशबाट स्थायी रुपले पलायन भएका छन् ।
वर्षेनी विदेशमा शिक्षाका नाममा डेढ खर्ब हाराहारी रकम बाहिरिन थालेको छ ।

देशको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स बनिसकेको छ ।

यो निराशा र चित्त दुख्ने उदाहरणहरु हुन् । मानिसहरुमा अब गणतन्त्रको भाषण हैन व्यवहारमा मन मस्तिष्कबाटै जनताले ओ हो सरकारले राम्रो गरको छ । शिक्षा, स्वास्थ्य र रोजगारी दिएको छ भन्ने वातावरण तयार गर्नुस्, गणतन्त्र उज्यालो तर्फ जानेछ । अन्यथा, जनताको निराशा आक्रोशमा परिणत भए , नेताहरु बिरुद्धको आक्रोश मैदानमा पोखिए , त्यसले व्यवस्थामाथि चूनौती ल्याउन सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी