भिजिट भिषामा मानव तस्करी : गृहमन्त्री लेखकमाथि नैतिक दबाब बढ्दै !

भिजिट भिषामा मानव तस्करी : गृहमन्त्री लेखकमाथि नैतिक दबाब बढ्दै !

  • शनिबार, जेष्ठ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

भिजिट भिषामा मानव तस्करीको गंभीर मुद्धामा गृहमन्त्री रमेश लेखकमाथि नैतिक दबाब बढ्दै गएको छ । उनलाई बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट परेको छ भने प्रधानमन्त्री कार्यलयमा उजुरी दिईएको छ ।

कुनै बेला नैतिक प्रश्न उठेपछि राजीनामा दिनु पर्छ भन्ने लेखकले संसदमा दिएको अभिव्यक्ति अहिले चर्चामा छ ।

भिजिट भिसाको सेटिङमा प्रत्यक्ष रूपमा उनको सचिवालय मुछिएको र यसमा मन्त्रीकै मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै उजुरी दिएका हुन् । हाल अख्तियारले गृहका सहसचिव तीर्थराज भट्टराईलगायतमाथि छानबिन गरिरहेको छ । भिजिट भिसाको सेटिङ मन्त्रीकै सचिवालयबाट भइरहेको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको छ ।

मन्त्री पदमा बस्दा उनले छानबिन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वोच्च अदालतमा अधिवक्ता मधु चौलागाईंले रिट पेस गरेका छन्। सो रिट दर्ताबारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

भिजिट भिसामा दैनिक ५० लाख रुपैयाँसम्म असुल्ने गरिएको घटनामा गृहमन्त्रीमाथिसमेत छानबिनको दबाब बढिरहेको छ।

आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरुमध्ये अधिकांश नायब सुब्बा छन् । कतिपय अधिकारीहरुले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।

गृहमन्त्री रमेश लेखककै सचिवालयमा कार्यरत् अधिकृत विमल पौडेल आफैं पहिले भिसिट भिसाका नाममा भएको मानव तस्करीमा मुछिएका अधिकृत हुन् ।

छानविन चलिरहँदा धमाधम कर्मचारी सरुवा गर्नुले पनि गृह प्रशासनमाथि नै शंका बढेको छ ।

यो अवस्थामा गृहमन्त्री लेखकमाथि नैतिक दबाब बढीरहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी