भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकले नै अध्यागमनमा पठाएका थिए भट्टराईलाई

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकले नै अध्यागमनमा पठाएका थिए भट्टराईलाई

  • बिहिबार, जेष्ठ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिई उनीहरूका कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरेको छ । गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई अध्यागमनमा पठाएका थिए ।

भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको स्रोतले जनाएको छ । यसरी सेटिङमा दैनिक औसतमा सयजनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री लेखकसम्म पुग्ने गरेको स्रोत बताउँछ ।

भिजिट भिसामा विदेश जानेसँग संगठित रूपमै असुली बढेको सूचनाका आधारमा अख्तियारले ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो । सोही आधारमा बुधबार छापा हानेर अध्यागमन प्रमुख भट्टराईलगायतलाई नियन्त्रणमा लिइएको हो । भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरी अनुसन्धान थालिएको छ । नियन्त्रणमा लिइएका चारैजनालाई सोधपुछ गरेर हाजिर जमानीमा कागज गराएर बुधबारै छाडिएको छ ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि मंगलबार साँझ मात्रै गृहमन्त्री लेखककै निर्देशनमा हतार–हतार भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याएको थियो । उनको ठाउँमा अर्का सहसचिव विष्णुप्रसाद कोइरालालाई पठाएको थियो । सरुवा भए पनि भट्टराईले रमाना लिइसकेका थिएनन् । अख्तियार टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । भट्टराई गत २३ असोजमा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए ।

स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा ट्राभल एजेन्सीहरूसमेत जोडिएका छन् ।

अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले विस्तृत अनुसन्धान भइरहेको बताए । ‘कर्मचारी र एजेन्टको बरामद मोबाइलबाट तस्करीको नेटवर्क खुल्ने हाम्रो आशा छ,’ अख्तियारका एक अधिकारीले भने । एजेन्ट र कर्मचारीबिच हुने गरेका भेटघाटमाथि निरन्तर निगरानी गरेर बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भिजिट भिषामा जानेहरुबाट असुल हुने रकमबारे विगतमा पनि पटक पटक प्रश्न उठ्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी