ससुरालाई बाबु बनाई भारतीय नागरिकले लिए नेपाली नागरिकता

ससुरालाई बाबु बनाई भारतीय नागरिकले लिए नेपाली नागरिकता

  • बुधबार, चैत्र २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बारा, २७ चैत । बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन ।

भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडइला बस्ने रामकैलाश यादवले ससुरा नवल राय यादवसँग मिलेर छोरा बनि बंशजको नागरिकता लिएका हुन ।

रामकैलाशले झुटो विवरणको आधारमा २०६३ फागुन २६ गते नागरिकता वितरण टोलीमार्फत गाउँबाटै बंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए । उनले तत्कालिन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा ३३०४९/५०८३ नम्बरको नागरिकता लिएका हुन । रामकैलाश यादवले भारत र नेपाल दुवै देशको परिचयपत्र बोकेर निर्वाध हिँडडुल गरिरहेको गुनासो स्थानीयले समेत गरेका थिए ।

भारतमा उनको नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्डसमेत जारी भएको बताइएको छ ।

दोषिमाथि कारबाही गर्न नगर प्रमुख जालन्धर सिंहको माग

नक्कली कागजपत्रको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइए पछि पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह जैसवारले दोषिमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेका हुन ।

नगर प्रमुख जैसवारले पचरौता नगरपालिकाबाट एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको पाईएको बताए । एक भारतीय नागरिकले आफ्नो ससुरालाई बुबा बनाएर बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका पाईएको छ नगर प्रमुख जैसवारले भने, ‘नागरिकता टोलीमार्फत रामकैलाशले झुटो विवरणको आधारमा नागरिकताको प्रमाण पत्र लिएका हुदाँ छानबिन गरी दोषिमाथि कडा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गर्दछु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी