तिनकुनेमा बिध्वंश मच्चाउने राजावादीहरु धमाधम पक्राउ, बिहानै धर्मगुरु खतिवडा नियन्त्रणमा, दुर्गा प्रसाईको खोजी तीव्र

तिनकुनेमा बिध्वंश मच्चाउने राजावादीहरु धमाधम पक्राउ, बिहानै धर्मगुरु खतिवडा नियन्त्रणमा, दुर्गा प्रसाईको खोजी तीव्र

  • शनिबार, चैत्र १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

१६ चैत, काठमाडौं । हिजो शुक्रबार तिनकुनेमा शान्तिपूर्ण आन्दोलन भनेर शुरु भए पनि बिध्वंश मच्चाउने कार्यमा संलग्न राजावादीहरुलाई प्रहरीले पक्राउ गरेर कार्बाही गर्ने प्रकृया तीव्र पारेको छ ।
हिजै राति सम्म राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, सांसद एवं राप्रपा महामन्त्री धवल शमशेर राणा सहित दर्जनौँ पक्राउ परीसकेका छन् । उनीहरुलाई माईतीघर स्थित प्रहरी परिष्रमा राखिएको छ ।

यसै गरी आज बिहानै तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

नलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा छाएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले हिजोको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई अझै पक्राउ गर्न सकेको छैन ।

प्रसाई वानेश्वरमा प्रहरीलाई नै पेलेर गाडी लिएर भागेका थिए । पछि गैरीगाँउको एउटा सटरमा लुकेर बसेको पाईएको थियो । त्यसपछि स्कार्पियो चढेर हिँडेका उनलाई अहिले सम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

उनलाई खोज्न प्रहरीले तीन वटा टिम परिचालन गरेको छ । हाल सम्म एक सय भन्दा बढी राजावादी आन्दोलनकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी