ऐश्वर्या राय बच्चनको कार दुर्घटना

ऐश्वर्या राय बच्चनको कार दुर्घटना

  • बिहिबार, चैत्र १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

मुम्बई, १४ चैत । बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो । । ऐश्वर्या राय बच्चनको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।

यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र टक्कर भने सामान्य थियो। यसबाहेक दुर्घटना हुँदा ऐश्वर्या कारमा उपस्थित नभएको पनि अहिले खुलेको छ । अभिनेत्रीका फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित थिए तर अहिले उनी पूर्णरुपमा सकुशल छिन् भन्ने खुले पछि खुसी भएका छन् ।

रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनको १.५ करोड भारुको महँगो कार सिल्वर टोयोटा वेलफेयरलाई मुम्बईको जुहुमा सडकमा रहेको बेस्ट बसले ठक्कर दिएको थियो । राहतको कुरा यो थियो कि ठक्कर एकदमै सामान्य थियो र अभिनेत्रीको कारमा कुनै क्षति भने भएन ।

तर जबदेखि यो खबर बाहिरियो, प्रशंसकहरू अभिनेत्रीको बारेमा चिन्तित थिए र कार भित्र को थियो भन्ने बारे कुनै जानकारी अझै दिइएको छैन । तर, अहिले उक्त दुर्घटना भएको कारमा ऐश्वर्या न त बच्चन परिवारका कोही सदस्य रहेको स्रोतबाट खुलासा भएको छ । यस घटनामा कुनै ठूलो क्षति वा चोटपटक रिपोर्ट गरिएको छैन। उनको कार दुर्घटनाको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी