१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने बताएृका छन् ।
कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे विपक्षीले जवाफ मागेको सन्दर्भमा प्रधानमन्त्री ओलीले जवाफ नदिने अडान लिए ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । त्यही हो जवाफ ।’
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अगाडि थपे, ‘उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन ।’
विपक्षी दलहरूले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नबाट रोक्न सदन अवरोध सुरु गरेको आरोप लगाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline