कुलमान हटाउने निर्णयले सरकारमाथि चौतर्फी बिरोध र दबाब बढ्दै : वानेश्वरमा चर्को प्रदर्शन, सिंहदरबार प्रवेश गर्ने प्रदर्शनकारीको प्रयास

कुलमान हटाउने निर्णयले सरकारमाथि चौतर्फी बिरोध र दबाब बढ्दै : वानेश्वरमा चर्को प्रदर्शन, सिंहदरबार प्रवेश गर्ने प्रदर्शनकारीको प्रयास

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयले सरकार अप्ठेरोमा परेको छ । माओवादी केन्द्र, रास्वपा, राप्रसा सहित दलले उक्त निर्णयको बिरोध गर्दै सरकारको आलोचना गरेका छन् ।

माओवादी , रास्वपा, एकीकृत समाजवादी सडकमै जनवर्गीय संगठन परिचालन गरेर उत्रिएका छन् ।

नेपाली जनताका नाममा स्वतः नागरिकहरु सडकमा उत्रन थालेका छन् । आज बिहानै देखि ठाँउ ठाँउमा खास गरी माईतीघर हुँदै वानेश्वर क्षेत्रमा प्रदर्शन बढेको हो ।

वानेश्वरको निषेधित क्षेत्र तोड्न कुलमान समर्थकले प्रयास गरेपछि कुलमान समर्थक र प्रहरीबीच धक्कामुक्की भएको छ ।

यसै गरी सिंहदरबारमा पनि प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

कुलमान हटाउने निर्णयको बिरुद्ध अहिले सामाजिक सञ्जालमा पनि व्यापक बिरोध भईरहेको छ ।

प्रधानमन्त्री ओली भने , यस्ता बिरोधले कुनै अर्थ नरहने भन्दै अभिव्यक्ति दिईरहेका छन् ।

्कुलमानलाई पटक पटक हटाउन खोजेको सरकारले ६ पटक स्पष्टीकरण लिएर हिजोको मन्त्रीपरिषद बैठकबाट निर्णय गरेरै बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी