गोरखा पुगेर पूर्वराजाले भने -कोही डराउनु पर्दैन, अहिले देशमा शान्ति चाहिएको छ

गोरखा पुगेर पूर्वराजाले भने -कोही डराउनु पर्दैन, अहिले देशमा शान्ति चाहिएको छ

  • शनिबार, चैत्र ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

९ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गर्नुभएको छ ।

शनिबार गोरखा पुग्नुभएका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गर्नुभएको हो ।

उहाँले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताउनुभयो । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भन्नुभयो ।
उहाले आफूलाई गोरखा आउन पाएर खुसी लागेको पनि सुनाउनुभयो ।

‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भन्नुभयो ।

उहाँले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताउनु भयो । ।

‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ शाहले भन्नुभयो ।

शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुग्नुभएको थियो । त्यहाँ उहाँलाई मन्दिरका पूजारीहरूले स्वागत गरेका थिए ।

पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गर्नुभयो । शाह गणतन्त्र स्थापनापछि पहिलोपटक पुर्ख्यौली थलो गोरखा पुग्नुभएको हो ।

गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकन समेत गर्नुभयो । पूर्वराजाका समर्थकले केहीबेर राजसंस्थाका पक्षमा नारा लगाएका थिए । उनीहरुले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल र्‍याली पनि गरेका थिए ।

शाहलाई गोरखा भ्रमणको व्यवस्थापनका लागि नागरिक समाज गठन गरिएको थियो । ‘शाहवंशीय राजाको कुलदेवता गोरखकाली हो । गोरखकाली, गोरखनाथ र वज्रभैरवको पूजाका लागि उहाँ आउनुभएको हो,’ नागरिक समाजका सहसंयोजक होम सिं बस्नेतले भन्नुभयो, ‘पूजाअर्चना गरेर उहाँ फर्कनुभयो ।’

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उहाँकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।

गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उहाँ सफल भएको पनि बताइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी