दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो !

दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो !

  • मङ्लबार, फाल्गुन २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ । गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।  दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले कार्यक्रम रोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !’

दुर्गेशले दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा दुःख लागेको उल्लेख गरेका छन् ।  उनले दुर्गेश थापा नाम नभइ ब्राण्ड भएको समेत पोष्टमा दाबी गरेका छन्।

दुर्गेशले लेखेका छन्: 

कहिलेकाही जिन्दगीले सोचेजस्तो हुँदैन भन्ने पाठ त पहिल्यै सिकेको थिएँ, तर यसपालि त्यो अझ गहिरिएर अनुभूति गरे । म दाङका प्रिय दर्शक भगवानको दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुति मार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ । तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो । मेरो भगवानरूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो ।

कलाकार भनेको एउटा परिवार हो। दर्शकको माया नै कलाकारको उर्जा हो । तर केहि कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन ।

यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो— केही व्यक्तिहरू कलाकारिता भन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन् । कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनु भएछ । उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनु भयो।
हजुरको रणनीति साँच्चै ‘गज्जबको’ रहेछ !

तर एक कुरा नबिर्सनुहोस्— हजुरहरूले मलाई कार्यक्रममा रोक्न सफल हुनुभयो होला, तर दाङका दर्शकहरूको मेरो लागि रहेको माया, स्नेह र आशीर्वाद कुनै माइकलालले मेटाउन सक्दैन ! मलाई हेलिकप्टर चढ्ने या देखाउने रहर छैन।

मेरो मात्र एउटा रहर छ— नेपालका हरेक कुनामा पुगेर आफ्ना दर्शकहरूसँग भेट्नु, माया साट्नु, र आफ्नो प्रस्तुति दिनु । नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु ! दर्शकको अपार माया, हजारौको भीड, अनगिन्ती अवसरहरू— यी सबै देखेर जल्नेहरू जल्दै रहुन् ! किनभने जबसम्म मेरो शिरमा दर्शकको आशीर्वाद छ, जबसम्म मेरो लागि दर्शकहरुको माया छ, तबसम्म मलाई कसैले हल्लाउन सक्दैन !

दुश्मनहरूलाई एक मात्र जवाफ— दुस्मन हेरेको हेरै ! त्यसैले “दुर्गेश थापा नाम हैन ब्राण्ड हो ब्राण्ड “

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी