नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

  • बुधबार, फाल्गुन १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ । बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् ।

उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका छन् ।

प्रजक्ता २०२२ मा रिलिज भएको फिल्म ‘जुगजुग जियो’ मा अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।

उनीहरुले हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।  वृशांक र प्रजक्ता सन् २०११ देखि प्रेम सम्बन्धमा थिए । मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने क्रममा उनीहरुबीच चिनजान भएको थियो ।  वृशांक कर्पोरेट लयर हुन् ।

प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी