चलचित्र ‘हर्ष’को शुभमुहूर्त, आँचलको ठाउँमा वर्षा राउत

चलचित्र ‘हर्ष’को शुभमुहूर्त, आँचलको ठाउँमा वर्षा राउत

  • बुधबार, फाल्गुन १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, १४ फागुन । दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, अंशु थापालगायतको उपस्थिति थियो ।

यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको अर्को फिल्म ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए ।

फागुन १७ गते छायांकन सुरु हुने फिल्मको कथा निर्देशक पौडेलले लेखेकी हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन तथा वसन्त सापकोटा र एलिश कार्कीको संगीत रहनेछ । यसमा लोकेश बज्राचार्य सम्पादक तथा सुनिल क्षेत्री कोरियोग्राफरको रुपमा छन् । फिल्मको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।

‘हर्ष’बाट निर्देशनमा डेब्यु गर्न लागेकी एकताले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरेकी छन् । आमसञ्चार विषयमा स्नातकोत्तर समेत गरेकी उनले यसअघि केही लघु फिल्म बनाएकी छन् । ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्न लागेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी