गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड

  • मङ्लबार, फाल्गुन १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, १३ फागुन । बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाबीच डिभोर्सको हल्लाले बलिउड तातेको छ । मंगलबार भारतीय केही सञ्चारमाध्यममा यी दुवैबीचको सम्बन्धलाई लिएर गसिप आएपछि सर्वत्र चासो बढेको हो ।

जीन्युजइन्डियाले गोविन्दा एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको भन्दै सोही कारण सुनिताले डिभोर्स लिन चाहेको समाचार उल्लेख गरेको छ । तर, ती मराठी अभिनेत्री को हुन् भन्ने नाम खुलाइएको छैन । गोविन्दा र सुनिताबीच ३७ वर्ष अगाडि विवाह भएको थियो । सुनिता नेपाली मूलकी हुन् ।

केही समयअघिदेखि नै सुनिताले मिडियामा आफू अलग्गै बस्दै आएको बताउँदै आएकी छन् । गोविन्दा खराब मानिसको संगतमा रहेकाले आफू छोराछोरी अलग्गै बसेको उनको भनाइ थियो । गोविन्दा भने यो अपार्टमेन्टको सामुन्ने भएको अर्को बंगलामा बस्ने उनको भनाइ थियो । दुवैको जीवनशैली पनि फरक छ । गोविन्दा १० जना मानिसहरूले घेरिएर बसेका हुने पनि उनले बताइन् । तर आफूलाई छोराछोरीको साथमा एक्लै बस्न मन पर्ने उनको भनाइ थियो ।

मिडियाले चलाएका डिभोर्सको अफवाहमा गोविन्दा र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी