ओलीमाथि भीम रावलको १५ आरोपः अपराधी संरक्षण गरेको, दलाल भूमाफिया पोस्न अध्यादेश( आरोपको पूरा विवरण सहित )

ओलीमाथि भीम रावलको १५ आरोपः अपराधी संरक्षण गरेको, दलाल भूमाफिया पोस्न अध्यादेश( आरोपको पूरा विवरण सहित )

  • मङ्लबार, फाल्गुन ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौँ फागुण ६ । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गंभीर आरोप लगाएका छन् । उनले १५ बुदामा बिभिन्न आरोपहरु समेटेर सार्वजनिक गरेका हुन् ।

ओलीले कार्बाही गरेपछि रावल नयाँ अभियान सञ्चालन गरीरहेका छन् ।

आज १५ बुँदामा वक्तव्य जारी गरी नेता रावलले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन्।

रावलले फौज्दारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापमा रहेकाहरूलाई संरक्षण गरेको, आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ुकारबाहीुको डण्डा चलाउने, भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएकोलगायत आरोप लगाएका छन्।

यस क्रममा उनले प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूका प्रश्नहरूको उचित उत्तर दिनुको साटो आक्रोश पोख्दै संसदीय अभ्यासको नै खिल्ली उडाएको आरोप पनि प्रधानमन्त्री ओलीलाई लगाएका छन्।

‘मानिसहरूको बेचबिखन, बालबालिकामाथिको शोषण र उत्पीडन र गुण्डागर्दीजस्ता फौज्दारी अभियोगमा समेत सरकारी वकिलमार्फत मुद्दा चल्न नदिने। कतिपय कुख्यात् भ्रष्टाचार काण्डका मुद्दालाई अगाडि बढ्न नदिन सरकारी वकिल र माहान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको लगायतका बिषयमा उनले ओलीको तीव्र आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी