काँग्रेस एमालेको गठबन्धन ८४ सालसम्मै चलोस् हाम्रो चासो छैन : प्रचण्ड

काँग्रेस एमालेको गठबन्धन ८४ सालसम्मै चलोस् हाम्रो चासो छैन : प्रचण्ड

  • मङ्लबार, माघ २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

वीरेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले संसद छलेर ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित हुन नदिने बताएका छन् । पार्टीका अगुवा नेता कार्यकर्ताहरूलाई प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका प्रचण्डले पत्रकारहरूसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले वर्तमान सरकारले संसदबाट ल्याउनुपर्ने कानुनहरू अध्यादेशबाट ल्याएर लोकतन्त्र र सार्वभौम संसदको अवमुल्यांकन गरेको आरोप पनि लगाए । उनले भने, प्रतिनिधि सभाको बैठक बोलाइसकेपछि सरकारले विभिन्न कानुनहरू अध्यायदेशबाट ल्यायो । अध्यादेश भनेको त विशेष परिस्थितिमा मात्र ल्याउने हो । यो सरकारका नितान्त बदनियत हो । यसका विरुद्धमा हामीले संसदमा विरोध जनाएका छौँ । यसलाई अहिलेकै अवस्थामा राष्ट्रिय सभाबाट पारित हुन सक्ने अवस्था छैन । हामी राष्ट्रिय सभाबाट पारित हुन दिनेपक्षमा पनि छैनौँ ।

उनले वर्तमान सरकारको दुई तिहाईको दम्भलाई राष्ट्रिय सभाले काउन्टर गरेको पनि बताए ।

प्रचण्डले मुलुक आर्थिक हिसावले निकै संकटमा परेको बताए । सरकारले स्थानीय सरकारलाई दिनुपर्ने अनुदानहर कटौतीमा लागिरहेको बताए । उनले भने,ुयसैबाट मुलुकको आर्थिक अवस्था नाजुक भएको प्रष्ट हुन्छ । तर स्थानीय सरकारलाई प्रदान गर्ने अनुदान काटिनु भने राम्रो होइन् । यो गाउँको विकासमाथि खेलवाड हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारतिर नरहेको बताए । उनले भने,हाम्रो ध्यान सरकारतिर छैन । अहिलेकै गठबन्धन २०८४ पछिसम्म जाओस् । त्यसमा हाम्रो कुनै चासो छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ