स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ साेमबार वीरगंजमा सम्पन्न

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ साेमबार वीरगंजमा सम्पन्न

  • सोमवार, माघ २८, २०८१
  • दीपक चौरासीया

  • 10.4K
    SHARES

वीरगंज, २८ माघ । हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।
वीरगंजकाे पुराना बसपार्क आदर्शनगरमा भएकाे परिक्षामा बीपीएस प्लस टु कलेजका बिपिएस प्लस टुका सुमित प्रसाद कलवार प्रथम, साउथजाेन माविका विशाल यादव दाेस्राे र पिसजाेन एकेडमीका प्रतिक्षा यादव तेस्राे भएकाे कार्यक्रम संयाेजक गुप्ताले जानकारी दिए ।
करिब २२ सय भन्दा बढी विद्यार्थीको सहभागितामा सम्पन्न परिक्षामा प्रथम, दाेस्राे र तेस्राे भएकाहरुलाई क्रमश रु २२ हजार पांच सय, रु १६ हजार ५ सय र रु १२ हजार ५ सय नगदसहित प्रमाण पत्रले पुस्कृत गरिएकाे संयाेजक गुप्ताले वताए ।
यसैगरी परिक्षामा बिपिएस प्लस २ कै अनु साह, विशाल साह कलवार, सिताराम प्रसाद कुशवाहा, साउथजाेनका रुपेश कुमार कानु, प्रिन्स चौहान, अभिजित यादव, रजनी कुमारी गुप्ता लगायतका ५५ जनालाई सान्त्वना पुरस्कार रु एक हजार एक सयकाे दरले वितरण गरिएकाे थियाे ।
हिन्दु स्वयसेवक संघ पर्साका जिल्ला संघचालक माधवराजपालकाे अध्यक्षता र नेपाल प्रहरीका पूर्व एआइजी विजयलाल कायस्थकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल भारत सहयाेग मंचका राष्ट्रिय अध्यक्ष अशाेक वैध, श्री माइस्थान विद्यापिठ माविका प्रधानाचार्य मुनिलाल कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन डिसमल कलेजका शनी दुबेले गरेका थिए ।
कार्यक्रममा सगरमाथा स्कुल, काव्य स्कुल, डिसिमल स्कुल, सुरजीदेवी मावि, नगवा मावि, माइस्थान मावि तेजस एकेडेमी, पिस जाेन स्कुलका छात्र/छात्राहरुले सांस्कृति नेतृत्य समेत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ