८४ को चुनाव अघि नै पार्टीको महाधिवेशन भएमा काँग्रेसको हित हुन्छ : थापा

८४ को चुनाव अघि नै पार्टीको महाधिवेशन भएमा काँग्रेसको हित हुन्छ : थापा

  • सोमवार, माघ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने दाबी गरेका छन् ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने दाबी गर्दै चुनाव अघि महाधिवेशन हुँदा काँग्रेसको हित हुने तर्क गरे ।

‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्‍यो,’ उनले भने, ‘विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपी महाधिवेन गरिनेछ।’

नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर–पुसमा चार वर्षको कार्यकाल सकिने उनले बताए।

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशनअघि तान्न सक्यो त्यति हितकर हुने उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ