संसदको दुबै सदनको बैठक आज बस्दै , आज पनि सरकारले अध्यादेश पेश नगर्ने

संसदको दुबै सदनको बैठक आज बस्दै , आज पनि सरकारले अध्यादेश पेश नगर्ने

  • सोमवार, माघ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

आज पनि संसद्‌का दुवै सदनका बैठक बस्दै छन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ।

उक्त बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस तथा अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।

यस्तै आज दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सो बैठकमा मिडिया काउन्सिल विधेयक २०८० मा छलफल गरी पारित गर्ने कार्यसूची छ।

आज पनि दुबै सदनमा सरकारले ल्याएको अध्यादेश पेश नहुने भएको छ । राष्ट्रिय सभामा बहुमत नपुगेको र अध्यादेश राष्ट्रिय सभामा पारित गर्न उपेन्द्र यादव नेतृत्वको जसपाको अनिवार्य साथ चाहिने भएको र उनले निर्णय नदिईसकेको अवस्थामा सरकारले ढिलाई गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ