संसदमा आज अध्यादेश निर्णायर्थ पेश नहुने

संसदमा आज अध्यादेश निर्णायर्थ पेश नहुने

  • बिहिबार, माघ २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैको आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ। राष्ट्रियसभामा निर्णायक रहेका जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले समय मागेको भन्दै दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ पेस गर्ने सूची हटाउने भएका हुन्।

अध्यादेश निर्णयार्थ पेस नगर्न कानुनमन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई आग्रह गरेका थिए।

सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन्।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा अध्यादेश आज निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न कानुनमन्त्री अजय चौरसियाले आग्रह गरेका थिए।

अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रियसभामा जसपा नेपालका तीन सांसद निर्णायक छन्।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेश पारित गर्न सहयोग मागरीरहेका छन् । तर यादवले निर्णय गरीसकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ