सहकारी ठगी प्रकरणमा रवि लामिछाने बिरुद्ध थुनछेक बहस शुरु

सहकारी ठगी प्रकरणमा रवि लामिछाने बिरुद्ध थुनछेक बहस शुरु

  • बिहिबार, माघ २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

चितवन । साहारा बहुउद्देश्यीय सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरू हुने भएको छ। लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएलगत्तै बुधबारबाट थुनछेक बहस सुरू भएको हो।

अहिले बारा जिल्लाका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले क्रमशः बहस गर्ने क्रम जारी छ।

आज जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी , सुरेन्द्र भण्डारी , राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सिताराम दवाडी, शम्भु बर्तौला , सुनिता अधिकारी, आरसी गौतम र गोपिलाल देवकोटाले बहस गर्नेछ्न्। अधिवक्ता रमेश काफ्लेले हिजै बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्त , धर्मराज आचार्य, अधिवक्ताहरु चुडामणि सापकोटा , सुवर्ण सापकोटा , नारायण दत्त कडेल , रामचन्द्र कडेल , सन्जय गोले, केदारराज पन्त र दिपकराज पन्तले बहस गर्नेछन् । थुनछेक बहस आजै सक्ने तयारी छ ।

यसैगरी सहकारी पीडितको तर्फबाट बहस पैरवी गर्न वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालतनामा दर्ता गराएका छन्।

यस अघि कास्की, रुपन्देही र काठमाण्डौँ जिल्ला अदालतबाट लामिछाने धरौटीमा रिहा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ