मधेसी दलले बनाए ८ सदस्सीय कार्यदल, भूमिसम्बन्धी अध्यादेशप्रति आठ दलीय गठबन्धनको गम्भीर ध्यानाकर्षण

मधेसी दलले बनाए ८ सदस्सीय कार्यदल, भूमिसम्बन्धी अध्यादेशप्रति आठ दलीय गठबन्धनको गम्भीर ध्यानाकर्षण

  • बिहिबार, माघ १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ , १७ माघ । मधेशवादी राजनीतिक दलहरूले एकता र सहकार्यको लागि कार्यदल गठन गरेका छन् । मधेशवादी आठ राजनीतिक दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।

जुन कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।

कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताइएको छ । संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउनका लागि सहकार्य पनि उक्त कार्यदलले गर्ने बताइएको छ ।

त्यस्तै, बैठकले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णयसमेत गरेको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेशी, जनजाती र आदिवासी समुदायलाई विस्थापित गर्न खोजेको आरोप उक्त बैठकले लगाएको छ । वर्तमान सरकारले एकतन्त्रीय प्रणाली अपनाएको उल्लेख गर्दै त्यसप्रति मधेशवादी दलहरू सकारात्मक हुन नसक्ने सुमनले बताए ।

‘सरकारले जारी गरेका पाँचवटा अध्यादेशमध्ये सबैभन्दा गम्भीर भूमिसम्बन्धी अध्यादेश भयो । जसमा राष्ट्रपतिले जारी गर्दा चार वटा अध्यादेश एकपटक गर्नुभयो । भूमिसम्बन्धी अध्यादेश पछि बुझेर गर्नुभयो । त्यसप्रति हाम्रो आठ दलीय गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी त्यसको अध्ययन पनि गरिरहेका छौं । संसद्मा पेस भएपछि हामी हाम्रो धारणा प्रस्तुत गरौंला,ु सुमनले भने, ुसामान्य रुपमा अहिले भन्ने हो भने महेन्द्रवादीय यो सोचले मधेशी, जनजाती र आदिवासी समुदायदायलाई उसकै ठाउँबाट विस्थापित गरी आप्रवासनको नाममा फेरि अर्को एउटा महेन्द्रीय संरचना गठन गर्ने कुप्रयास रहेको छ । अध्यादेशप्रति हाम्रो विचार सकारात्मक छैन ।’

बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी, तमलोपा सहभागी थिए । मधेशवादी दलहरूले सरकारले संविधान संशोधन गर्ने विषय उठाएसँगै एकताबद्ध हुन र मधेशका मुद्दा एक आवाजमा उठाउन भन्दै एकताको प्रयास थालेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ