सरकारले ल्याएको अध्यादेश विरुद्ध माओवादी केन्द्रले खबरदारी गर्ने

सरकारले ल्याएको अध्यादेश विरुद्ध माओवादी केन्द्रले खबरदारी गर्ने

  • बिहिबार, माघ १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, माघ १७ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

अध्यादेशको प्रक्रिया नै गलत भएको माओवादीको ठहर छ। अध्यादेश ल्याउने विधिको विरोध गरिएको र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गराउने माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए । ‘विपक्षी दलहरूसँग सल्लाह गरेर अध्यादेश ल्याउने विधिको विरोधस्वरुप नियमावलीअनुसार अध्यादेश अस्वीकार प्रस्ताव दर्ता गराउने निर्णय भएको छ,’ उनले भने । अध्यादेशको विषयवस्तु भन्दा पनि संघीय संसद्को अधिवेशन आह्वान गर्ने बेलामा अध्यादेश ल्याएकाले उक्त प्रक्रियाको विरोध गर्नका लागि अस्वीकार प्रस्ताव दर्ता गर्न लागिएको उनले बताए ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएका थिए ।

अध्यादेशका विषयवस्तुको सैद्धान्तिक पक्षको अध्ययन गर्नका लागि कार्यदल गठन गर्नेबारे पनि संसदीय दलको बैठकमा छलफल भएको थियो । अध्यादेशका विषयवस्तु अध्ययन गर्नका लागि भनेर महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा कार्यदल गठन गर्नेबारे चर्चा भएको थियो ।

त्यस्तै, माओवादीले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदा पार्टीबाट अध्ययन गरेर संयुक्त रूपमा संशोधन प्रस्ताव राख्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ