१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई थप सक्रिय बनाएर
अघि जानु पर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले मोर्चामा आवद्ध दललाई छिटो पार्टी एकता गरौँ भनिरहेको बताए ।
उनले हतार गरेर गरिएको एकताले दुर्घटनातर्फ जान नहुने पनि बताए ।
माधव नेपालले समाजवादी मोर्चालाई प्रचण्डले वेवास्ता गरेको संकेत गरेपछि प्रचण्डले आफ्नो मोर्चा सक्रिय पारिरहने अरुची नभएको प्रष्ट पारेका थिए ।
प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायको पक्षमा समाजवादी मोर्चा जागरूक नहुने र अभियानलाई गतिशील नबनाए देश देश दुर्घटनातिर जान सक्ने बताए ।
‘संसद्मा रहेका पहिलो र दोस्रो पार्टीले भन्दै आएको र जनतालाई दिने सन्देश विपरीत गठबन्धन भएको छ,’ उनले भने, ‘त्यस कारण दुर्घटनाको खतरा त्यहीँ अन्तर्निहित छ । जे विषयमा संविधान संशोधन भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ ।