माओवादीको पक्षमा देशब्यापी रुपमा जागरण पैदा भएको छ : प्रचण्ड

माओवादीको पक्षमा देशब्यापी रुपमा जागरण पैदा भएको छ : प्रचण्ड

  • मङ्लबार, माघ १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

माघ १५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन्।

म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए। जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको भन्दै पार्टी अब आफ्नै बर्गतिर फर्कने उनले बताए ।

हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए।

प्रचण्डले थपे, ‘मजदुर, किसान, उत्पीडित, समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थारुका मुद्दा उठायौं र जसरी स्थापित गर्यौं। अहिले आएर ती समुदाय र वर्गले माओवादीले हाम्रो मुद्दा त उठायो तर, बीचैमा छाडिदियो भन्ने पर्न गयो। हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा अलिकती ‘लुज’ भयो। वर्गबैरीहरुसँग बढी सहकार्य गरेको जस्तो देखियो। अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ।’

यस्तै, उनले एकपछि अर्को गरी पार्टी विभाजनको ऋृंखला रोक्न नसकिएको स्वीकार गरे। अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको बताए।

उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेण्डा फेरि अघि सारिने बताए।

उनले ०५८ साल माघ १४ गते तत्कालीन सुरक्षाकर्मीबाट २१ जनाको सामूहिक हत्या र पार्टी विभाजनपछि तेह्रथुममा कमजोर भएको माओवादी फेरि उकालोतिर लागेको देखेको भन्दै जिल्ला नेताहरूको प्रशंसा गरे।

पार्टीको पहलमा संघ, प्रदेश र स्थानीय तहबाट जिल्लामा गरिएको भौतिक पूर्वाधारको विकास तथा शहीदहरूलाई स्थापित गर्ने काममा तेह्रथुमले गरेको प्रयासबाट सिक्न देशभरका नेता कार्यकर्तालाई अपिल गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ