वर्षमानलाई लिएर प्रचण्ड गए तेह्रथुुम, ओलीको गाँउमा दुई दिन बस्ने

वर्षमानलाई लिएर प्रचण्ड गए तेह्रथुुम, ओलीको गाँउमा दुई दिन बस्ने

  • सोमवार, माघ १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम प्रस्थान गरेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमा तेह्रथुम गएका हुन्।

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन्। प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ।

उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको आक्रमणमा सर्वसाधारण सहित २१ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।

प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन्।

उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन्। मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ।

त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन्। दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रचण्डसँगै युद्धकालमा पूर्वी क्षेत्रमा सैन्य कमाण्डरको रुपमा खटिएका बर्षमान पुन पनि सागै गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी