काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।
शुक्रबार देखी धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक एक दिन लम्बिएर आजसम्म जारी रहने भएको हो ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठानिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठानिक अवस्था र जिल्ला अधिवेसनहरूका बारेमा छलफल जारी रहने भएको छ ।
धारणा राख्ने क्रम नसकिएकाले आजजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रचारबिभाग प्रमुख मोहन श्रेष्ठले जनाए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline