प्रधानमन्त्री केपी शर्मा ओली सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुको शिलन्यासमा नजाने भएका छन् । केही दिन देखि चिसोले घाँटीमा समस्या देखिएपछि आराम गरीरहेकाले आज पनि उनी कार्यक्रमहरुमा नजाने भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री नजाने भएपछि सो कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन्। प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन्।
सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली सहभागी हुने शुक्रबार दिनभरका कार्यक्रम सार्वजनिक गरिसकेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline