काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ पु्न स् निलम्बन हुने सम्भावना बढेको छ। न्यायाधीश सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले गुरुङको मुद्दा पुनरवलोकनका लागि अनुमति दिएको हो। अदालतले ‘निस्सा दिने’ आदेश गरेको हो।
भ्रष्टाचार मुद्दा लागेका गुरुङको सांसद पद निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले नै आदेश गरेको थियो। भृकुटीमण्डपको जग्गा फनपार्कलाई भाडामा दिँदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले गुरुङलाई दोषी ठहर गरेको हो।
यस अगाडि संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै निलम्बन फुकुवा भएको थियो।
सर्वोच्चले फेरी मुद्धाको पुनरावलोकन भएर अन्तरीम आदेश आएमा उनी फेरी निलम्वनमा पर्ने संभावना रहेको छ ।