विराटनगर । सरकारले संसद छलेर विभिन्न अध्यादेश जारी गरेपछि त्यसको बिपक्षमा सत्तारुढ दल काँग्रेसकै नेता डा. शेखर कोईराला पनि उभिएका छन् ।
विराटनगर स्थित आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै डा. कोईरालाले अध्यादेश राम्रो भए पनि नराम्रो भए पनि देशै चल्ने अवस्था नभएमा मात्र ल्याउने हो भन्दै बिरोध गरेका हुन् ।
काँग्रेस र एमालेसँंग स्पष्ट बहुमत रहेकाले सदनबाटै ऐन, कानुन बनाउन सकिन्थ्यो उनले भने ।
अध्यादेशको बिपक्षी दलहरुले समेत बिरोध गर्दै आएका छन् ।
अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न । त्यो गलत कुरा हो’, नेता कोइरालाको भनाइ छ ।
यसै गरी उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले गरेको प्रयास गलत भएको पनि टिप्पणी गरेका छन् ।
स्मरणीय छ प्रधानमन्त्री केपी ओली र काँग्रेसबाट उर्जामन्त्री रहेका दीपक खड्का कुलमानलाई हटाउने प्रयासमा लागेर पटक पटक स्पष्टीकरण सोधिरहेका छन् ।