काठमाण्डौँ । जनकपुरमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह गाडी दुर्घटनामा घाईते भएका छन् ।
गएराति स्वास्थ्यमन्त्री सिंह सवार मधेस प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी खानेपानी डिभिजन कार्यालयको मधेस प्रदेश ०३–००१ झ–००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
‘दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,। उनी सँगै उनका चालक र सुरक्षाकर्मी पनि घाईते भएका छन् ।
उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन्। गएराति करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुई गाडी आपसमा ठोकिएका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline