सरकारले माघ १८ गते ससद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।
संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब जारी राखेका थिए ।
संसद नबोलाई लगातार अध्यादेश ल्याउन थालेपछि दलहरु आक्रोशित बनेका थिए ।
गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline