भीम रावलको समर्थनमा एमालेका ५९ नेता कार्यकर्ताले एमाले त्यागे, अछाममा ठूलो संख्यामा नेता कार्यकर्ताको विद्रोह गर्ने तयारी

भीम रावलको समर्थनमा एमालेका ५९ नेता कार्यकर्ताले एमाले त्यागे, अछाममा ठूलो संख्यामा नेता कार्यकर्ताको विद्रोह गर्ने तयारी

  • सोमवार, माघ ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै ५९ जनाले एमाले छाडेका छन्।

सोमबार विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।

उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन्।

भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ।

ुकम्युनिस्ट पार्टीले शत्रु भनेको शक्ति, समूह र व्यक्तिसँग गठबन्धन गरी इमान्दार, देशभक्त र सिद्धान्तनिष्ठ व्यक्तिहरूमाथि दमन गर्ने कृत्यकै भद्दा रूप हो,ु संयुक्त वक्तव्यमा भनिएको छ, ुत्यसकारण हामी एमालेको विभिन्न तहमा विभिन्न जिम्मेवारीसहित लामो समयदेखि कार्यरत एवम् सदस्य रही योगदान गर्दै आएकाहरू डा। भीम रावलको राष्ट्रियता, जनजीविका र जनाधिकारको पक्षमा तथा त्यसको रक्षा र प्राप्तिका लागि प्रस्ताव गर्नुभएको मातृभूमी जागरण अभियानलाई पूर्णरूपमा समर्थन गरी अगाडि बढ्ने‘।

अछाम पुगेका रावलले विभिन्न नेता कार्यकर्ता भेटघाट तीव्र पारेका छन् । उनको गृहनगर साफेबगरमा एमालेका संयौ नेता कार्यकर्ताले सामुहिक बिद्रोह गरी रावलको अभियानमा जोडिने तयारी गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ