आफै प्रतिस्पर्धा गर्न सक्नेलाइ आरक्षण कोटा बन्द गर्नु पर्छ : पुन

आफै प्रतिस्पर्धा गर्न सक्नेलाइ आरक्षण कोटा बन्द गर्नु पर्छ : पुन

  • आइतवार, माघ ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन (अनन्त)ले निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका नेता नै समानुपातिक प्रणालीबाट सांसद् बनेपछि प्रश्न खडा भएको बताएका छन्।

आज अखिल क्रान्तिकारी चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस ईकाई सम्मेलनलाई सम्बोधन गर्दै पुनले समावेशीता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकोले त्यसलाई सच्याइनुपर्ने बताएका हुन्।

प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशीताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको उनले बताए।

उनले बर्तमान सरकार असफल भैसकेको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ