वरिष्ठ अधिवक्ता त्रिपाठीले आफू बिरुद्ध कुटपिट गर्ने रास्वपा समर्थक बिरुद्ध दिए जाहेरी

वरिष्ठ अधिवक्ता त्रिपाठीले आफू बिरुद्ध कुटपिट गर्ने रास्वपा समर्थक बिरुद्ध दिए जाहेरी

  • बिहिबार, माघ ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिएका छन्।

उनले आफूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव भएको भन्दै प्रहरी वृत्त सिंहदरवारमा बिहीबार जाहेरी दिएका छन्।

बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो। त्यही क्रममा ललितकुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त सिंहदरवारले जनाएको छ।

सिसिटिभीमा हेरेर त्रिपाठीले केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन्। त्यसमा प्रहरीले सिसिटिभीका फोटो हेरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

नेपाली कांग्रेसले पनि अधिवक्ता त्रिपाठीमाथि जिल्ला अदालत परिसरमा भएको हातपातको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ