काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा सभापति देउवाले मन्त्रीहरुको प्रगति विवरणको ब्रिफिङ लिएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा मन्त्रीहरुले सभापतिलाई सोचे अनुरुप काम हुन नसकेको सुनाएका छन् ।
साथै देउवाले हालै जारी भएको अध्यादेश छलफल भएरै आएकाले चर्चा नगर्न निर्देशन पनि दिएका छन् ।
बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमार्फत भएर गरेका कामको ब्रिफिङ गर्ने क्रम जारी रहेको छ ।
देउवासहित शीर्ष नेताले सरकारका काम कारबाही थप प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline